arrow

शोभराजलाई आउन नपाउने गरी पठाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ८ शुक्रबार
Chalrs-Sovraj.jpg

काठमाडौं । कुख्यात अपराधी चार्ल्स शोभराजलाई फेरि नेपाल आउन नपाउने गरी फ्रान्स पठाउने तयारी भएको छ । अध्यागमन विभागले शोभराजलाई नेपाल फर्कन नपाउने गरि तयारी थालेको हो ।
 
नेपाल, भारत लगायत अन्य दक्षिण एसियाली मुलुकहरूमा २० बढीको हत्या आरोपी शोभराज आज कारागारबाट छुट्दै छन् । उनलाई सुनधारास्थित केन्द्रीय कारागारबाट अध्यागमन विभागको जिम्मा लगाइँदै छ। योसँगै विभागले गृह मन्त्रालयसँग राय लिएर नेपाल फर्कन रोक लगाउन लागेको हो । 

बुधबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १० महिना कैद छुट दिँदै शोभराजलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको थियो । सर्वोच्चले उनलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन भनेको छ । 

कारागारले अध्यागमनको जिम्मा लगाएपछि कानुनी र कागजी प्रक्रिया पूरा गरेर पुनः नेपाल आउन नपाउने गरी डिपोर्ट गर्ने तयारी भइरहेको छ । यता शोराजले भने १० दिन गङ्गालाल अस्पतालमा बसेर उपचार गराउने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । 

१९ वर्षदेखि उनी केन्द्रीय कारागारमा छन् । उनलाई नेपालमा जन्मकैदको सजाय सुनाइएको थियो। ७८ वर्षीय शोभराजले २०७७ पुस ७ गते कैद छुटको माग गर्दै रिट दायर गरेका थिए । जेष्ठ नागरिक ऐन अनुसार ७५ वर्ष पूरा भएकालाई ७५ प्रतिशत कैद छुट दिइने व्यवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ