arrow

छुटे चार्ल्स, अध्यागमनले पठाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ८ शुक्रबार
charles-sobhraj.jpg

काठमाडौं । 'बिकिनि किलर' चार्ल्स शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइएको छ । १९ वर्षदेखि केन्द्रीय कारागारको गोलघरमा रहेका चार्ल्सलाई आज अध्यागमन विभागको जिम्मा लगाइएको हो । 

अध्यागमन विभागले कुख्यात अपराधी शोभराजलाई फेरि नेपाल आउन नपाउने गरी फ्रान्स पठाउने तयारी गरेको छ । त्यसअघि विभागले गृह मन्त्रालयसँग राय लिएको थियो । 

बुधबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १० महिना कैद छुट दिँदै शोभराजलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको थियो । 

शोभराजले थाइल्याण्ड, नेपाल र भारतका पर्यटक विशेष गरी ब्याकप्याकरलाई लक्षित गरेका थिए । उनले प्रायः उनीहरूसँग मित्रता गर्दथे र त्यसपछि उनीहरूलाई लागूपदार्थ खुवाउँथ्यो, तिनीहरूको सामान र पहिचान चोर्थ्यो। 

शोभराज बिकिनी किलर भनेर मिडिया र प्रहरीमा पनि चिनिन्थ्यो । उनी बिकिनी लगाएका युवतीलाई मार्ने गर्थे त्यसैले उनलाई ‘बिकिनी किलर’ नाम दिइएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ