arrow

सिके राउतको शपथबारे संसद् सचिवालयलाई मधेशी आयोगले सोध्यो स्पष्टीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ८ शुक्रबार
ravi-ck-parliament.jpg

काठमाडौं। नवनिर्वाचित सांसदहरुले मधेशी भाषामा शपथ लिएकोबारे मधेशी आयोगले संघीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ । 
भाषा आयोगबाट प्रकाशित 'सरकारी कामकाजका भाषासम्बन्धी सिफारिसहरू- २०७८' र मधेशी आयोगमा मधेशी भाषा सूचीकृत नरहेकाले उक्त भाषामा प्रतिनिधि सभाका सदस्यले शपथ लिने विषय गम्भीर भएको समेत उल्लेख गरेको छ ।
आयोगले सांसदरुहलाई कुन आधारमा मधेशी भाषामा शपथ दिएको भनी स्पष्ट पार्न संसद् सचिवालयलाई निर्देशन दिएको छ । बिहीबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहित तीन सांसदले मधेशी भाषामा शपथ लिएका थिए ।
राउत लगायतका सांसदहरूको शपथ ग्रहणको विषयलाई लिएर मधेशमा विरोधसमेत भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ