arrow

पूर्वराजाको पूजापाठ [फोटोफिचर] 

logo
निरञ्जन साह,
प्रकाशित २०७९ पुष ९ शनिबार
x-king-janakpurdham.jpg

जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाह आज जनकपुरधामस्थित जानकी मन्दिरमा पुगेर विशेष पूजापाठ गरेका छन् । हिजो जनकपुरधाम आइपुगेका उनले आज शनिबार जानकी मन्दिर पुगेर पूजापाठ गरेका हुन् । 

जानकी मन्दिरमा पूर्वराजालाई  स्वागतका लागि रातो कार्पेट ओछ्याइएको थियो । उनी मन्दिर पुगेपछि समर्थकले राजा आउ, देश बचाउको नारा लगाए ।

मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त राम रोसन दासले पूर्वराजा ज्ञानेन्द्रलाई जानकी मन्दिर भएको मायाको चिनो प्रदान गरेका छन्  । पूजापाठ पश्चात उनी जनकपुरस्थित भीआईपी गेस्ट हाउस यात्री निवास पुगेका छन् ।

जनकपुर किन आएको विषयमा उनले कुनै प्रतिक्रिया दिन मानेनन् । उनी आज साँझ तिर  समर्थकहरुसँग छलफल गर्ने स्रोतले जानकारी दिएको छ । पूर्व राजा शाहले शुक्रबार गंगा सागरमा दैनिक हुने महागंगा आरतीमा सहभागीतासमेत जनाएका थिए । 

विमानबाट आउने कार्यक्रम रहे पनि बिहीबार साँझ सडकमार्ग हुँदै जनकपुरधाम आएका पूर्व राजा शाह जनकपुरधाममा शुक्रबार दिनभर शुभेच्छुकहरुसँगको भेटघाटपछि साँझ गंगा आरतीमा सहभागी भएका हुन् ।

पूर्वरानी र छोरीसहित पूर्वराजा जनकपुर आएका हुन् । 

x-king-janakimandir (1).jpg
पूजापाठमा पूर्वराजा
x-king-janakimandir (2).jpg
पूजापाठमा पूर्वराजा
x-king-janakimandir (3).jpg
पूजापाठमा पूर्वराजा
x-king-janakimandir (4).jpg
पूजापाठमा पूर्वराजा
x-king-janakimandir (5).jpg
पूजापाठमा पूर्वराजा
x-king-janakimandir (6).jpg
पूजापाठमा पूर्वराजा
x-king-janakimandir (7).jpg
पूजापाठमा पूर्वराजा
x-king-janakimandir (8).jpg
पूजापाठमा पूर्वराजा
x-king-janakimandir (9).jpg
पूजापाठमा पूर्वराजा
x-king-janakimandir (10).jpg
पूजापाठमा पूर्वराजा
x-king-janakimandir (11).jpg
पूजापाठमा पूर्वराजा
x-king-janakimandir (12).jpg
पूजापाठमा पूर्वराजा
321076115_1117728912248958_2725124841629905323_n.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ