- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्रीमा सिफारिस भएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आइतबार भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । र उक्त सहमतिअनुसार संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री पदमा दाबी गर्न एमाले, माओवादी केन्द्रसहित दलका शीर्ष नेता राष्ट्रपति कार्यालय पुगेका छन् ।
एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो ।
१६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलका शीर्ष नेताहरु ४ बजेर ४३ मिनेटमा राष्ट्रपति कार्यालय पुगेका छन् ।
यसपछि डा. भट्टराईले प्रचण्डलाई बधाई दिएका हुन् ।
‘नयाँ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीकालागि राष्ट्रपतिसमक्ष सिफारिस हुनुभएका क।प्रचण्डलाई हार्दिक वधाई । अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्,’ भट्टराईले ट्वीट गरेका छन् ।