arrow

राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा – बालेन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
prachanda-government-shital-niwas.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै शक्ति सरकारमा रहेको टिप्पणी गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि बालेनले सामाजिक संजाल ट्वीटरमा यो टिप्पणी लेखेका हुन् । उनले प्रजा भने सधैँ सास्तीमा रहेको टिप्पणी गरेका छन् । । 

प्रचण्डलाई नेकपा एमालेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकोसमेत समर्थन रहेको हो । बालेनले लेखेका छन्, ‘राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।’

आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । प्रचण्डको शपथ सोमबार अपरान्ह ४ बजे हुने भएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा नेपालको ४४औं प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई नियुक्त गरेकी हुन् ।

उनलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीको समर्थन रहेको छ । 

गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री (२०६५ सालमा) बनेका प्रचण्डको यो तेस्रो पटक हो । यसअघि २०७३ सालमा पनि उनी प्रधानमन्त्री बनेका थिए । 

महानगरपालिकाका मेयर बालेनले राजा फर्काउँछु भन्ने राप्रपा, राजा चाहिन्न भन्ने एमाले र राजा मार्छु भन्ने माओवादी केन्द्र एकै ठाउँमा उभिएको भन्दै व्यङग्य गरेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ