arrow

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जेट विमान अवतरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
Saurya plane.jpg

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो जेट विमान आज अवतरण भएको छ । 

सौर्य एयरलाइन्सको बम्बार्डियर सिआरजे २०० विमान अवतरण गराएको हो । सौर्य एयरलायन्सले २०२३ जनवरी १ देखि नियमित उडान गर्ने जनाएको छ । 

एयरलाइन्सले काठमाडौं-पोखरा–काठमाडौं दैनिक २ उडान गर्नेसमेत जनाएको छ । यूरोप, अमेरिका तथा अन्य देशमा आन्तरिक उडानका लागि लोकप्रिय सिआरजे २०० जहाजमा जेट इन्जिन भएकाले सुरक्षित र आरामदायी मानिन्छ ।

काठमाडौं-पोखरा-काठमाडौं फ्लाइट नियमित गरिने भन्दै एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले सेवा शुभारम्भसँगै आन्तरिक तथा बाह्य पर्यटकको मन जित्ने विश्वास व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ