arrow

शिक्षकप्रति लगानी र सम्मान हुन सकेन –प्रदेश सभा सदस्य शेरचन 

logo
कौरव खत्री,
प्रकाशित २०७९ पुष ११ सोमबार
tribhuwannamunamavi.jpg

बागलुङ । गण्डकी प्रदेश सभा सदस्य जीतबहादुर शेरचनले नेपालको शिक्षा र शिक्षकहरुप्रति लगानी र सम्मान हुन नसकेकोले अपेक्षित नतिजा प्राप्त गर्न नसकेको बताएका छन् । साथै उनले विकसित मुलुकहरुले शिक्षक र शिक्षा क्षेत्रलाई उच्च सम्मान गरेकोले धेरै अगाडि पुगेको बताउँदै अबका दिनमा सरकार यस्ता कुरामा चुक्न नहुनेमा जोड दिए । 

‘मानव केन्द्रित पुनर्लाभको लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ मूल नारासहित त्रिभुवन नमूना माध्यमिक विद्यालय बडिगाड गाउँपालिका २ खर्वाङ, बागलुङको ६३ औँ वार्षिकउत्सव तथा अभिभावक दिवसका अवसरमा बोल्दै शेरचनले शिक्षाको पाठ्यक्रमदेखि नै व्यापक परिवर्तन र सुधारको खाँचो रहेको भन्दै सर्टिफिकेट हातमा छोपेर बेरोजगार बन्ने अवस्थाको अन्त्य गर्दै विद्यालय शिक्षाबाट बालबालिकाहरुलाई बजारमा आवश्यक जनशक्ति उत्पादन गर्ने मुहानको रुपमा विकास सरोकारवालालाई आग्रह गरे । 

साथै सोही अवसरमा बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले स्थानीय सरकारप्रति आम नागरिकको अपेक्षा बढी भएकोले नागरिकले महशुस गर्ने गरि आफूहरु निरन्तर कर्ममा लागि परेको बताइन् । उनले जग बलियो भए घर बलियो हुने भन्दै बाल विकास शिक्षालाई ध्यान दिएर बडिगाड गाउँपालिका अगाडि बढेको भन्दै शिक्षकहरुका आवश्यकतामा आधारित तालिम सञ्चालन गर्नेमा जोड दिइन् । 

त्यस्तै सोही अवसरमा बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन बनले त्रिभुवन विद्यालयको प्रसंशा गदै सम्भव भएसम्म विद्यालयका आवश्यकताहरू पूरा गर्न  गडिगाड गाउँपालिकाले कोसिस गर्ने भन्दै गाउँपालिकालाई एउटा शैक्षिक हबको रूपमा विकास गराउन अहिले संम्भाव्यता अध्ययन भैरहेको बताए । 

त्यस्तै बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले त्रिभुवन माध्यमिक विद्यालयको भौतिक र शैक्षिक धरोहरलाई थप मजबुत बनाउँदै यसको विकासमा बडिगाड गाउँपालिकाले सक्दो पहल गर्ने बताए ।

त्यस्तै बडिगाड गाउँपालिकाका  शिक्षा अधिकृत पूर्णबहादुर घर्तीले  शिक्षाको सुधार र गुणस्तर कायम गर्न  त्रिभुवन नमूना माध्यमिकले शिक्षा क्षेत्रमा गरिखाने र सीपयुक्त  शिक्षाको शुरुआत  र कोसिस गरी शिक्षामा राम्रो काम गरेको बताए । 

साथै सोही अवसरमा विद्यालयका प्रधानाध्यापक ढालमणी भण्डारीले समग्र विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ