arrow

पोखरामा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
Tennis.jpg

पोखरा । पोखरामा “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” शुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको सहयोगमा प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा शुरु भएको हो । पुस १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन भेट्रान्सतर्फका ५१ स्पर्धाहरु सम्पन्न भएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले बताए ।

प्रतियोगितामा ३५, ४५ र ५५ वर्ष माथि सिंगल्स र डबल्स स्पर्धाहरु सम्पन्न भएका छन् । प्रतियोगितामा ४५ वर्ष माथि सिंगल्समा प्रदिप शाहले वीरेन्द्र लामा ६-०, ६-२ ले, सिजर गुरुङले राम बहादुर विकलाई ६-१, ६-४, मिन पुनले पदम गुरुङलाई १-६, ६-१ र १०-३ ले, शरण गुरुङले मनिष श्रेष्ठलाई ६-१, ६-४ ले, आशिष सिग्दलले अनुजा बास्तोलालाई ७-६, ६-४ ले, अमृत रोक्काले देव थापालाई ६-०, ६-१ ले पराजित गरे ।

यस्तै, उत्तम वोगोटीले राजेन्द्र चापागाईलाई ६-४,६-१, रोहित सुनुवारले केबी लामालाई ६-१, ६-० ले, ठाकुर खनालले भिष्मराज पौडेललाई ७-६, ५-७, १०-७ ले, सुनिल श्रेष्ठले नारायण पाहारीलाई ६-१, ६-४ ले पराजित गर्दा शिव सुवेदीले एमडी यूनसलाई वाक ओभर दिएका छन् । 

त्यसै भारतका टि तुलेश्वर सिंहले नेपालका मनोज श्रेष्ठलाई ६-०, ६-१ ले, माधव भण्डारीले अर्जुन गुरुङलाई ६-३, ६-३ ले, महेश श्रेष्ठले युेका वाल्टर स्मिथलाई ६-०, ६-० ले, गोपी भट्टराईले विकास गुरुङलाई ६-४, ६-२ ले पाखा लगाउँदा बिमल गुरुङले मनोज ढुङ्गानलाई वाक ओभर दिएका छन् ।

प्रतियोगिता अन्तर्गत नै सोमबार भएको ३५ वर्षमाथिको खेलमा सन्तोष खत्रीले दिपराना लाई ६-३, ६-१ ले, माधव भण्डारीले मनोज श्रेष्ठलाई ६-१, ६-१ ले, निरज थापाले प्रकाश राज वाग्लेलाई ७-५, ६-३ ले, जितेन्द्र परियारले नविन श्रेष्ठलाई ६-१, ६-१ ले, कमल भण्डारीले सरिन देउजालाई ६-०, ६-१ ले, देव क्षेत्रीले मिलन गर्वुजालाई ६-२, ६-३ ले, चेवाङ लामाले सविर मियाँलाई ६-०, ६-१ ले, चोम बहादुर शाहीले नवराज शर्मालाई ७-६, ६-१ ले, सम्दुप लामाले अनिल सेञ्चुरीलाई ६-३,  ६-४ ले र सिमन्त गुरुङ लक्ष्मण तामाङलाई ६-०, ६-१ को सोझो सेटमा पराजित गरेका छन् ।

५५ वर्ष माथिको सिंगल्सतर्फ पहिलो चरणको स्पर्धामा काजी गुरुङ, अनिल तुलाचन, एन दिलिप सिंह, कर्ण तामाङ, बिनोद कायस्थ, समिर शेरचन, सुरेन्द्र माकाजु र डियोनम लामाले आ-आफ्नो खेल जितेको टुर्नामेण्ट डाइरेक्टर पौडेलले जानकारी दिए ।

प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाट समेत पोखरा आएको उपाध्यक्ष नवीन चालिसे जानकारी दिए । सहभागी खेलाडीमध्ये ५७ जना पोखराका छन् भने ९३ जना पोखरा खेलाडी बाहिरबाट आएका छन् । प्रतियोगिताको सहभागिता हाल सम्मकै ठूलो सहभागिता हो । प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्षमाथि गरी विभिन्न उमेर समूहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । 

प्रतियोगितामा मेन्स सिंगल्समा २७ जना, मेन्स डबल्समा १२ जना, उमेन्स सिंगल्समा ८ जना, ३५ वर्षमाथि मेन्स सिंगल्समा ३४ जना, डबल्समा १७ जना, ४५ वर्ष माथि सिंगल्समा ३५ जना, डबल्समा १९ जना, ५५ वर्षमाथि सिंगल्समा २४ जना, डबल्समा १२ जना, ६५ वर्षमाथि सिंगल्समा १२ जना र डबल्समा ३ जना गरी कूल २ सय ३ जना खेलाडीले नाम दर्ता गरेको जानकारी दिए।

प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी सेमीफाइनालिष्टले नगद १० हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । 

३५ वर्षमाथि भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार, सेमीफाइनालिष्टले नगद १० हजारसहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजारसहित ट्रफीसंगै सेमीफाइनालिष्टले नगद १० हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

४५ वर्ष भन्दामाथिको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्षमाथिको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।  डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ६५ वर्षमाथिको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ