arrow

पोखरामा सवारी दुर्घटना, दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १२ मंगलबार
accident-final.jpg

पोखरा । पोखरामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महानगरपालिका वडा नं. २८ कालिकाका ६२ वर्षीय कृतिराम पाण्डे रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोमबार दिउसो पोखरा महानगरपालिका वडा नं. २६ कालिका चोकमा ग२ख १२४० नम्बरको टिपरले पाण्डे सवार ग१४प १३०६ नम्बरको स्कूटरलाई ठक्कर दिंदा दुर्घटना भएको हो । 

दुर्घटनाम गम्भीर घाइते भएका पाण्डेको पश्चिममाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

यसैगरी पोखरा महानगरपालिका वडा नं. २५ हेम्जामा पनि सवारीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हेमजाका ५५ वर्षीय रत्नबहादुर विक रहेका छन् ।

सोमबार साँझ हेमजाको सुन्दरपुरीचोकमा ग१७प ७३४५ नम्बरको मोटरसाइकलले विकलाई ठक्कर दिंदा गम्भीर घाइते भएका थिए । 

उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएकोकास्की प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ