arrow

सहायकरथी भण्डारी सेनाको प्रवक्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १२ मंगलबार
Nepal-army-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली सेनाको प्रवक्तामा सहायकरथी कृष्णप्रसाद भण्डारी तोकिएका छन् । झापा चारआलीस्थित २१ बाहिनीपतिको कार्य जिम्मेवारी पूरा गरेका उनलाई सेनाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखमा ल्याएको हो ।
 
एक वर्षअघि प्रवक्तामा नियुक्त भएका हालका प्रवक्ता नारायण सिलवालले उनलाई बुधबार बरबुझारथ गरी प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्दैछन् । सहायकरथी सिलवाललाई सेनाले काठमाडौँ–तराई–मधेस द्रुतमार्गको अनुगमन तथा समन्वय समितिको अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ