arrow

रूखबाट लडेर एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
death photo.jpg

पोखरा । स्याङ्जामा रूखबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा फेदीखोला गाउँपालिका वडा नं. २ गाडाबासकी ६९ वर्षीया देवकुमारी थापा रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मंगलबार बिहान आफ्नै घर नजिक सौरको रुखमा चढी घाँस काट्ने क्रममा लडेर थापा गम्भीर घाइते भएकी थिइन् । 

उनको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ