arrow

कास्की कांग्रेसका पूर्व उपसभापति बास्तोलाको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
bishnu banstola pokhara.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीका पूर्व उपसभापति विष्णु बाँस्तोलाको निधन भएको छ । 

पोखरा उपत्यका विकास समितिका पूर्वअध्यक्षसमेत रहेका बास्तोलाको आज बिहान ४ः१५ बजे निधन भएको नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ९ का निवर्तमान सभापति शिवराज बास्तोलाले जानकारी दिए । 

उनले पोखरा उपत्यका नगर विकास समितिको तीन पटक अध्यक्ष भएर काम गरेका थिए ।

स्वर्गीय बास्तोला पोखरास्थित महेन्द्र उच्च माविको व्यवस्थापन समितिका पूर्वअध्यक्ष र पोखरा-९ का पूर्व वडाध्यक्ष पनि हुन् ।

स्व. बाँस्तोलाको अन्त्येष्टिका लागि आज बिहान ९ः३० बजे निवासबाट शवयात्रा गरिने बताइन्छ ।

यसैबीच पार्टीका पूर्व उपसभापति बास्तोलाको निधनप्रति कास्की कांग्रेसले दुःख व्यक्त गरेको छ ।

पार्टी सचिव भानु ढकालले टेलिफोनमार्फत बास्तोलाको निधनप्रति दुःःख व्यक्त गरेका हुन् ।

उनले वास्तोलको निधनले कास्की कांग्रेसले एक अभिभावक गुमाएको र यसले पार्टीमा अपूरणीय क्षति पुगेको उल्लेख गरे ।

यसैबीच कास्की कांग्रेसका उपसभापति बाँस्तोलाको निधनप्रति नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले दुःख व्यक्त गरेको छ ।

पार्टी सचिव टुवराज बास्तोलाले सामाजिक सञ्जालमार्फत शोक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन् ।

नेता विष्णुप्रसादको निधनले सिंगो नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको उल्लेख गर्दै सचिव बाँस्तोलाले आफूहरु मर्माहत र स्तव्ध भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ