arrow

श्रमिकको सुरक्षा पहिलो शर्त र प्राथमिकता : पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
liladhar poudel.jpg

पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्योगी व्यावसायी र सरकारी निकायहरूले श्रमिकको सुरक्षाको विषयलाई आफ्नो पहिलो शर्त र प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । 

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र सैबु भैसेपाटी ललितपुरको आयोजना र श्रम तथा रोजगार कार्यालय पोखराको समन्वयमा पोखराका उद्योग प्रतिष्ठानहरूमा कार्यरत श्रमिकहरूका लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धित चार दिने सचेतनामूलक तालिममा उनले यस्तो बताएका हुन् ।

देश विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने श्रमिकहरू उत्पादन र निर्माणका मेरुदण्डको रूपमा रहेको भन्दै उनले उनीहरुको हक र  सामाजिक सुरक्षामा बनेका नीति नियमलाइ कडाइका साथ ब्यबहारमा उतार्नुपर्नेमा जोड दिए ।  

यसअघि जारी भएका सामाजिक सुरक्षा ऐनलगायत सम्पूर्ण नियमको नियगमन र प्रभावकारी कार्यान्वयनमा रोजगार दाताहरूलाई ध्यानाकर्षण गराउँदै उनले राज्यका तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा श्रम तथा रोजगार कार्यालय पोखरामा कार्यालय प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेश ढकाल, पोखरा औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालका प्रमुख किशोर पाण्डे, औद्योगिक क्षेत्र उद्योग संघका प्रथम उपाध्यक्ष रुद्रलाल श्रेष्ठ, कार्यक्रम संयोजक यमन रानालगायतले बोलेका थिए ।

चार दिनसम्म चल्ने सो तालिममा पोखराका विभिन्न उद्योग प्रतिष्ठानहरूमा कार्यरत व्यासायिक ब्यक्तित्व एवं श्रमिकहरूलाई पेशागत सुरक्षा र स्वास्थ्य, कार्यस्थलमा हुने जोखिम र त्यसको न्यूनीकरणमा आवश्यक उपाय, कार्यस्थलमा हुन सक्ने लागू औषध र लैंगिक हिंसा, सुरक्षा उपकरण, आकस्मिक तयारी, श्रम ऐन तथा नियमावली सम्बन्धी कानूनी ब्यवस्था लगायका विषयमा प्रशिक्षण दिइएको थियो ।

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र सैबु भैसेपाटी ललितपुरका रसायनविज्ञ सतिश कुमार उपाध्यायको अध्यक्षतामा कार्यक्रम भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ