arrow

सबै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्दै बुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
Buddha air.jpg

पोखरा । बुद्ध एयरले यही पुस १७ गतेदेखि सबै उडान नवनिर्मित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यवसायिकरुपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले घोषणा गरिसकेको छ । 

भौतिक पूर्वाधारले निकै राम्रो मानिएको नयाँ विमानस्थलबाट उडान भर्न सम्पूर्ण तयारी गरिएको कम्पनीले जनाएको छ । बुद्ध एयरले नयाँ विमानस्थलबाट उडान हुने भएकाले यात्रुलाई निश्चित समयमा जाँचका लागि अनुरोध गरेको छ ।

उक्त विमानस्थलमा आइएफआर प्रविधि पनि जडान गरिएकाले अब कम भिजिविलिटीमा पनि उडान भर्न सकिने छ । यस विमानस्थलमा यात्रुलाई टर्मिनल भवनबाट जहाजसम्म ल्याउन पुर्‍याउन र्‍याम्प बस राखेको छ । 

यात्रु जहाज र टर्मिनल भवन आउजाउ गर्न र्‍याम्प बसको प्रयोग गर्नुपर्ने हुन्छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा बुध्द एयरका लागि जाँच काउण्टर नं ३, ४ र ५ तोकिएको छ । सामानको तौल तथा सुरक्षा जाँचमा समय लाग्ने हुँदा समयमै यात्रुलाई प्रवेश गर्न बुद्ध एयरले अनुरोध गरेको छ ।

नयाँ विमानस्थलमा अभ्यस्त हुन केही समय लाग्ने हुँदा पोखराबाट यात्रा गर्ने यात्रुले टिकटमा उल्लेख गरिएको समयभन्दा दुई घण्टा अगाडि विमानस्थल पुगेर जाँच गर्न बुद्ध एयरले विशेष आग्रह गरेको छ ।

बुद्धले पोखरा विमानस्थलबाट काठमाडौँ जस्तै देशका हरेक गन्तव्यलाई क्रमशः जोड्दै लैजाने जनाएको छ । नागरिक प्राधिकरणको अनुमतिमा २३ फेब्रुअरीदेखि रात्रिकालिन उडान पनि गरिने छ ।

अन्तरराष्ट्रियतर्फ अनुमति पाएलगत्तै बुद्ध एयरले पोखराबाट भारतको वाराणसी पनि उडान भर्ने योजना बनाएको छ । बुद्ध एयरसँग ११ एटीआर-७२, तीन एटीआर-४२ जहाज रहेका छन् । निकट भविष्यमै बुद्ध एयरले थप तीन एटीआर-७२ जहाज भित्र्याउन लागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ