arrow

नेता बाँस्तोलाको निधनप्रति दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
bishnu banstola pokhara.jpg

पोखरा । नेपाली कांग्रेस कास्की शाखाले पार्टीको जिल्ला कार्यसमितिका पूर्वकार्यबाहक सभापति विष्णुप्रसाद बाँस्तोलाको  निधनप्रति दुःख व्यक्त गरेको छ ।

जिल्ला सभापति किशोरदत्त बरालले आज शोक विज्ञप्ति जारी गर्दै बाँस्तोलाको आज बिहान ६४ वर्षको उमेरमा निधन भएको समाचारले पार्टीलाई स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ ।

पोखरा महानगरपालिका-९ निवासी उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर पार्टीको सङ्गठनमा क्रियाशील रही पार्टीका वडातहदेखि जिल्ला तहसम्मको नेतृत्वदायी जिम्मेवारी सम्हाल्नु भएको बताइएको  छ ।

पोखरा उपत्यका नगर विकास समितिको पूर्वअध्यक्ष र तत्कालीन पोखरा उपमहानगरपालिका-९ को वडाध्यक्षको जिम्मेवारी सम्हालेका बाँस्तोला पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिको पूर्वअध्यक्ष, महेन्द्र मावी र नवप्रभात मावि व्यवस्थापन समितिको पूर्वअध्यक्ष थिए । उनका एक श्रीमती, एक छोरा र एक छोरी छन् । 

बास्तोलाको पार्थिव शरीरमा आजै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ