arrow

संस्थापन इतरका नेताले भने- पार्टीभित्र गम्भीर समीक्षा हुनुपर्छ

 पुस १० गतेको घटनालाई सामान्यरुपमा कांग्रेसले लिन नमिल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १४ बिहिबार
badri-pandey-congress-new.jpg

काठमाडौं ।  देशको नेतृत्वबाट नेपाली कांग्रेस चुकेपछि कांग्रेसीजनमा निराशा छाएको छ ।  

कांग्रेस संस्थापन इतर समूहको बुधबार काठमाडौँमा बसेको बैठकले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमले पार्टी पङ्क्ति र जनतामा निराश छाएको भन्दै राजनीतिक घटनाक्रमबारे केन्द्रीय कार्यसमितिको बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताएको छ । 

 नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीभित्र गम्भीर समीक्षा हुनुपर्ने बताएका छन् ।

उनले कांग्रेसले अबका दिनमा निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भूमिकामा कसरी प्रभावशाली बन्नेबारेमा सोच्नुपर्ने बेला आएको उल्लेख गरे । 

कांग्रेसका अर्का सहमहामन्त्री जीवन परियारले पुस १० गतेको घटनालाई सामान्यरुपमा कांग्रेसले लिन नमिल्ने बताए । उनले कांग्रेस देशकै ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको कुराले पार्टीमा ठूलो तात्विक असर परेको उल्लेख गरे । उनले राजनीतिकरुपमा ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्नबाट चुक्नुले देशलाई तरङ्गीत बनेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ