arrow

नेपाल टी–२० लिगमा पोखराले हार्‍यो सबै खेल, विराटनगरको दोस्रो जित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १४ बिहिबार
nepalt20-pokhara-biratnagar.jpg

काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल टी–२० लिग क्रिकेटका सबै खेल हारेको छ । पोखराले पाँचौं खेलमा विराटनगर सुपर किंग्ससँग ८ विकेटले पराजित भयो । 

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको पोखराले ६ विकेटको क्षतिमा १३५ रन बनायो । अमीर हम्जाले २५ बलमा अविजित रहँदै ३७ रन बनाए । ओपनर सुमित महर्जनले २६ रन बनाएको इनिङ्समा कप्तान श्रीलंकन ब्याट्सम्यान उपुल थरंगाले २४ बलमा २५ रन जोडे । 

एन्द्रे म्याककार्थीले सर्वाधिक ३ विकेट लिएको इनिङ्समा नन्दन यादव, राज नन्नान र शहाब आलमले १–१ विकेट लिए । 

जवाफमा विराटनगरले १८.४ ओभरमा २ विकेट गुमाएर जित हासिल गर्यो । रोहित पौडेलले ५७ बलमा अविजित रहँदै ७१ रन जोडे । 

त्यस्तै गरुन्सु शर्माले ३३ तथा हुसेन तालतले २३ बलमा अविजित रहँदै २८ रन बनाए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ