arrow

सेतीमादी पुल निर्माण : दुई वर्षमा छ प्रतिशत प्रगति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
pool tanahun.jpg

तनहुँ । जिल्लाको दुई पालिका जोड्ने मोटरेवल पुल दुई वर्ष बितिसक्दा पनि भौतिक प्रगति छ प्रतिशत मात्रै भएको छ । व्यास नगरपालिका-३ को देउरालीनगर र ऋषिङ् गाउँपालिका-१ को झापुटार जोड्ने सेतीमादी पुल सम्झौता अवधि छ महिना बाँकी हुँदा निर्माण कार्यले गति लिन नसकेको हो । 

विसं २०७७ मङ्सिर १९ गते ३० महिनामा सम्पन्न गर्ने गरी रसुवा इलाइट जेभी काठमाडौँले सम्झौता गरेको थियो । निर्माण कार्यले सन्तोषजनक गति नलिएपछि पटकपटक परिपत्र गरेको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी एवं इञ्जिनीयर धनमाया मिश्रले जानकारी दिए । 

उक्त पुलको कूल लागत रु ३२ करोड ४० लाख २७ हजार तीन सय ९४ छ । उक्त पुलको लम्बाइ १५४ र चौडाइ ९.५० मिटर छ । हिउँदमा कामले गति लिने समय भएकाले निर्माण कार्य अघि बढाउन ताकेता गर्दै आएका छौँ । उनले भने, “वर्षायाम सुरु भएपछि पुलको निर्माण कार्य रोकिने हुँदा कडाइ गरिएको छ ।”

पुल निर्माणस्थलसम्म हेभी इक्युपमेन्ट लैजान सडक साँघुरो भएका कारण समस्या भएको छ । दुवै पालिकाका अध्यक्षसँग समन्वय गरी सडक मार्गको ट्र्याक खुलेपछि निर्माण कार्य सहज भएकाले अब कामले गति लिने विश्वास रहेको उनले बताए । पुल बनेपछि दुई पालिका जोड्ने देखिए पनि छिमेकी जिल्ला नवलपुर र पाल्पासमेत जोडिने हुँदा सो क्षेत्रका वासिन्दा लाभान्वित हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ