arrow

तोलामा पाँच सय रुपैयाँले बढ्यो सुन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
gold-final-2022.jpg

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख एक हजार चार सय रुपैयाँ कायम भएको छ । 

यसअघि बिहीबार छापावाल सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजावी सुनको मूल्य तोलाको एक लाख नौ सय रुपैयाँ निर्धारण भएको छ । 

यसअघि तेजावी सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य १३ सय ८० रुपैयाँ कायम थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ