arrow

तिमी धेरै लोभी भयौ कांग्रेस

logo
आरके त्रिपाठी,
प्रकाशित २०७९ पुष १६ शनिबार
rk-tripathi-gazal.jpg

तिमी धेरै लोभी भयौ कांग्रेस
तिमीले परिस्थिति सही विश्लेषण गरेनौ 
तिमीले देश वा कांग्रेस भनेको म मात्रै हुँ भन्यौ । 

राज्य भनेको पनि म नै हुँ भन्यौ 
मेरो ठूलो इतिहाँस
ठूलो पद 
धेरै धन
त्यसैले मैले नत आफ्नै पार्टी भित्रका नेता कार्यकर्तालाई ठाउँ दिन पर्दैन भनी रह्यौ ।

तिमीले शहीद बिर्सियौ
जनआन्दोलन भुल्यौ
संगै आन्दोलनमा होमिएका नेता, कार्यकर्ता सबै भुल्यौ
तिमीले पद कमायौ
धन कमायौं 
ठूलो महल पायौ
नोकर चाकर अगाडि पछाडि पायौ ।

तिमीलाई लाग्यो कि यो देशको म महाराज हो 
शासक हो
सबै चिज म नै हो भन्ने तिमीलाई लाग्यो
तिम्रो घमण्ड हेर्दा,
देख्दा सबै आजित भइसकेका थिए 
तर तिमी के मात्र सोच्दथ्यौ कि सबै मै हुँ 
म अजम्बरी हुँ 
मैले सुन्न जरुरी छैन। 

सधै गठबन्धन गठबन्धन नभन भन्दा कसैको सुनेनौं 
प्रचण्डले कांग्रेसको भोट खाए 
अन्ततः कांग्रेसलाई देखाइदिए ।

संगठन बनाउ अब कांग्रेस
रोइकराइको अब अर्थ छैन
प्रचण्डलाई बोक्ने पनि तिमीहरु
महान् क्रान्तिकारी नेता प्रचाडजी भन्ने पनि तिमीहरु
अरु २० वर्ष कम्तीमा सँगै हिँडिन्छ भन्ने पनि तिमीहरु
प्रचण्ड इमानदार नेता भन्ने पनि तिमीहरु  

आरके त्रिपाठीले प्रचण्डले जुनसुकै बेला ढाड देखाइदिन्छन् र छोडिदिन्छन् त्यसैले धेरै प्रचण्ड, प्रचण्ड नजप, बरु नेपाली कांग्रेस सत्तामा गए पनि नगए पनि निष्ठाको, सिद्धान्तको, विदेकको राजनीति गरौं  र आफ्नो संगठन सुदृढ गरौं र १६५ निर्वाचन क्षेत्रमा नै हामी नेपाली कांग्रेसको उमेदवार उठाउ भन्दा पागल भन्ने पनि तिमीहरु । 

प्रचण्डको ठाउँमा सबैले त्यही गर्दथे अवसर पाएको अवस्थामा 
दुई दिन अगाडि मात्र प्रचण्ड, प्रचण्ड जय होस् भन्दै 
तिमीले पूजा गरेका नेतालाई धोकेबाज भन्नुको अब अर्थ छैन  
अब रोइकराइ गर्नुभन्दा अरु पाँच वर्ष  रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरौं
नेपाली कांग्रेसको संगठन ठूलो बनाउन कम्मर कसेर लागिपरौं ।

 निष्ठाको
सिद्धान्तको
विदेकको राजनिती गरौं 
र आफ्नो संगठन सुदृढ गरौं ।

अब पनि लोभको राजनीति नगरौं
बधाई छ भर्खर निर्वाचित प्रचण्डजीलाई ।
                                                                     (लण्डनबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ