arrow

आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ जना काठमाडौंबाट पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १६ शनिबार
crime-final-everytime-use.jpg
तस्बिर – फाइल ।

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले छ महिनाको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीले चालू आव २०७९–८० को साउनदेखि पुससम्मको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ जनालाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मितिमा अदालतले कैद र जरिवनाको फैसला सुनाएकामा फरार रहेका एक सय ५५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिए । 

पक्राउ परेकालाई अदालतले २९ वर्ष पाँच महिना छ दिन कैद र रु दुई करोड ९४ लाख ४९ हजार सात सय ५६ जरिवाना असुल गरेको प्रवक्ता मैनालीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ