- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपीएफ क्लब २२ औँ आहा-रारा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।
पोखरामा आजको क्वार्टरफाइनल खेलमा धरान फुटबल क्लवलाई २-० ले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।
धरानसँगको प्रतिस्पर्धामा एपीएफका विकु तामाङले खेलको ३७ औं र युवराज खड्काले ४० ओं मिनेटमा गोल गरे ।
प्रतियोगितामा आइतबार चर्च ब्वाइज युनाइटेड फुटवल क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने बताइन्छ ।