- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष राजन श्रेष्ठले आत्मसमर्पण गरेका छन् ।
१५ वर्षकी नाबालिगकालाई जबरजस्ती करणी गरेको आरोपपछि फरार रहेका निजगढ नगरपालिका २ का वडाध्यक्ष श्रेष्ठले आइतबार आत्मसमर्पण गरेका हुन् ।
फरार रहेका वडाध्यक्ष श्रेष्ठ तीन महिनापछि प्रहरी कार्यालय निजगढमा पुगेर आत्मसमर्पण गरेका हुन् ।
गत असोज २५ गते इलाका प्रहरी कार्यालय निजगढमा छिमेकी किशोरीले किटानी उजुरी दिएकी थिइन् ।
छिमेकी किशोरीलाई घरमै बोलाएर बलात्कार गरेको उनी माथि आरोप छ । सोही दिनदेखि उनी भागेका थिए ।