arrow

तरुण युवामाथि आक्रमण गर्ने चार जना सार्वजनिक

logo
सौरभ गिरी, 
प्रकाशित २०७९ पुष १८ सोमबार
crime-aropi-pakrau.jpg

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जमा तरुण दलका युवाहरुमाथि भएको सांघातिक आक्रमणमा संलग्नहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो ।

आइतबार दिउँसो २ बजे नेपालगन्ज ४ गणेशपुरमा तरुण दल नेपालगन्जका सदस्य नेपालगन्ज १२ का अनुराग शाह, जानकी ३ का उज्ज्वल शाह र नेपालगन्ज ४ निवासी शुभमजंग शाहलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाउने नेपालगन्ज १८ का २९ वर्षीय विनय भण्डारी, राप्तीसोनारी २ का ३२ वर्षीय नारायण डाँगी, बैजनाथ ५ बस्ने प्रकाश रसाइली तुल्सीराम सुनार र नेपालगन्ज ६ बस्ने ३१ वर्षीय तासे भन्ने प्रकाश थापा पक्राउ परेका हुन् । 

बाँके प्रहरी प्रबक्ता एवम् प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्ती मगरले चारै जनालाई हिजै डुडुवाबाट पक्राउ गरिएको बताए । प्रबक्ता घर्ती मगरले दुई समूहबीचको पुरानो रिसइबीका कारण घटना भएको बताए । घटनामा प्रयोग भएको एउटा भारतीय कार र दुई थान खुकुरी पनि प्रहरीले बरामद गरेको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको घर्तीले बताए । घाइतेहरुको लखनउमा उपचार भइरहेको छ । घाइतेमध्ये अनुरागको अवस्था गम्भीर छ । तरुण दलले हिजै विज्ञप्ति निकालेर घटनामा संलग्नलाई तत्काल पकाउ गरी कडा कारवाही गर्न माग गरेको थियो । बाँके सचिव विनोद रिजाल, नेपालगन्ज सभापति सन्दिपजंग शाह र खजुरा सभापति कोमलराजसिंह ठकुरीले संयुक्त विज्ञप्ति निकालेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ