arrow

ओलीले लगाए जुक्ति, एमालेको सिट सङ्ख्या ७९ पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
oli-kirankumar.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुक्ति लगाएर एमालेको सिट सङ्ख्या बढाएका छन् । 

अध्यक्ष ओलीले रौतहट-२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साहलाई एमालेमा भित्राएर एमालेको सिट सङ्ख्या बढाएका हुन् । 

प्रतिनिधिसभा तर्फ कुल ७८ सिटमात्र ल्याएको एमालेले एक सिट थप्दै ७९ पुर्‍याएको छ । 

अध्यक्ष ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराएका हुन् ।  सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । 

साह रौटहट २ मा ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित भएका थिए । 

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मो. फिरदोस आलमले २८ हजार २४८ मत ल्याएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ