arrow

गर्भवती सांसदको पेटमा लात हान्ने दुई सांसदलाई छ महिना जेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
crime-final-everytime-use.jpg

सेनेगल । सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाइएको छ । विपक्षी धार्मिक व्यक्तित्वको आलोचना गरेपछि पुरुष सांसदहरूले एमी एनडियालाई आक्रमण गरेका थिए ।

न्यायाधीशले मामाडो नियाङ र मासाटा साम्बलाई एनडियायेलाई ५० लाख सीएफए फ्रयांक क्षतिपूर्ति तिर्न पनि आदेश दिएका छन् । सो घटनाको व्यापक निन्दा र महिला अधिकारको बारेमा बहस शुरु गरेको छ । 

अनलाइनमा व्यापक रूपमा शेयर  गरिएको भिडियोमा साम्ब १ डिसेम्बरमा नियमित बजेट बहसको क्रममा एनडियाई तर्फ हिँड्दै र उनलाई थप्पड हानेको देखिन्छन् । त्यसपछि उनले कुर्सी हानेर बदला लिन्छिन्, तर तत्कालै अर्का पुरुष सहकर्मीले उनको पेटमा लात हानेका थिए ।  त्यसपछि अन्य सांसदहरूले स्थिति शान्त पार्न खोज्दा झडप भएको थियो । 

सत्तारुढ बेन्नो बोक याकार गठबन्धनकी सदस्य एनडियाई आक्रमणपछि संसदमा बेहोस भइन् र उनले बच्चा गुमाउने डर बढेको थियो । उनलाई तत्काल अस्पताल लगिएको थियो । अस्पतालबाट डिस्चार्ज भए पनि उनी हाल कठिन अवस्थामा रहेकी उनका वकिलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ