arrow

नेपालगञ्ज–कोहलपुर सडकखण्ड संचालनमा

logo
सौरभ गिरी,
प्रकाशित २०७९ पुष १९ मंगलबार
nepaljung-road-.jpg

नेपालगञ्ज । नेपालगञ्ज–कोहलपुर सडकखण्ड संचालनमा आएको छ । ट्रकको ठक्करबाट एक साइकल यात्री विद्यार्थीको ज्यान गएको घटनालाई लिएर पीडित पक्षले सडक अवरुद्ध पारेका थिए ।  

नेपालगञ्जको धम्बोझी, कारकाँदो र राँझा लगायतका स्थानमा चक्काजाम गरिएपछि नेपालगञ्ज कोहलपुर सडकखण्ड अवरुद्ध भएको थियो । हिजो पनि दिनभर सडक अबरुद्ध पारिएको थियो । अहिले पीडित पक्षसँग जिल्ला प्रशासन कार्यालयमा वार्ता भइरहेको बाँके प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए । आन्दोलनरत पक्ष आन्दोलन रोकेर वार्तामा बसेको हो । 


घटनाका दोषीलाई कडा कारवाहीको माग राख्दै चक्काजाम गरिएको हो । दैलेख घर भई नेपालगञ्जमा अध्ययन गरिहेका १८ बर्षीय तेजन भन्ने टेन्सन थापा मगरलाई गत शनिबार ना ७ ख १७ नम्बरको ट्रकले न्यूरोडस्थित भानुभक्त चोकमा ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ