arrow

नबिलको 'एनबैंक': पूर्ण भर्चुअल र डिजिटल बैंक, जुनसुकै देशबाट क्षणभरमै रेमिट्यान्स पठाउन सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
neobank-nbank-nabil-bank1.jpg

काठमाडौं। नबिल बैंकले 'नियो बैंक' का रुपमा नबिल बैंककै एपलाई 'एनबैंक'मा अपग्रेड गरेको छ। 'नियो बैंक(Neobank)'को अर्थ प्रविधिको प्रयोग गर्दै उत्पत्ति भएका कुनै भौतिक शाखा नभएका नयाँ युगका बैंकहरु हुन् । यी पूर्णरुपमा अनलाइन अथवा डिजिटल रुपमा सञ्चालनमा रहन्छन् ।

यसरी पूर्णरुपमा भर्चुअल पद्दतिमा सेवा लिन सकिने नियो बैंकहरुले भुक्तानी गर्ने, पैसा पठाउने र पाउने, ऋण निकाल्ने जस्ता सेवा दिने गर्छन् । 

विश्वभर करिब अढाइ सयको हाराहारीमा रहेका नियो बैंक नेपालमा पहिलो पटक नबिल बैंकले 'एनबैंक (nBank)' का रुपमा शुरु गरेको हो।

विश्वको जुनसुकै कुनामा भए पनि नेपाली नागरिकले गुगल प्ले स्टोर अथवा एप स्टोरबाट नबिल बैंक लिमिटेडको एनबैंक एप डाउनलोड गरेर यसमा खाता खोल्न सक्ने छन् । यो एन्ड्रोइड र आईओएस दुवैबाट डाउनलोड गर्न सकिन्छ । 

बैङ्किङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरु गर्‍यो एन बैङ्क

यसअघि नबिल बैंकमा खाता रहेका प्रयाेगकर्ताहरूले एप अपडेट गर्दा याे स्वत: 'एनबैंक'मा अपडेट हुनेछ र सबै नयाँ सुविधा प्राप्त गर्न सक्छन्।

जहाँ सुकै नेपाली बैंकको आभास

कुनै पनि व्यक्तिले जहाँ सुकैबाट एनबैंक एपमा आफ्नो नाम, जन्म मिति, फोन नम्बर, ईमेल र नागरिकता नम्बर राखेर खाता खोल्न सक्नेछन् । नबिल बैंकले यसरी ३० सेकेण्डमै खाता खोल्न सकिने दाबी गरेको छ ।

व्यक्ति जुनसुकै देशमा भए पनि एनबैंकमा खाता खोल्न त्यहाँ प्रयोग गरिरहेको देशकै मोबाइल नम्बरमा ओटीपी अथवा कोड आउने नबिल बैंकले जनाएको छ।

केवाईसी भेरिफाइ नगर्दासम्म निश्चित सेवा लिन सकिने एनबैंकमा केवाईसी भेरिफाइ गरेपछि विश्वको जुनसुकै कुनामा भए पनि नेपालमा मोबाइल या इन्टरनेट बैंकिंग प्रयोग गरेझैं त्यहाँ पनि प्रयोग गर्न सकिन्छ।

त्यहाँबाटै नेपालमा बिजुली, इन्टरनेटको बिल तिर्नेदेखि नेपाली जुनसुकै बैंकको खातावालाकोमा पैसा पठाउन सकिने नबिल बैंकले जनाएको छ।

क्षणभरमै नेपालमा रेमिट्यान्स पठाउन सकिने

विदेशमा रहेका नेपालीहरुका लागि एनबैंकको अर्काे फाइदा भनेको क्षणभरमै नेपालमा रेमिट्यान्स पठाउन सकिने सुविधा पनि हो। 

नेपालमा मोबाइल या इन्टरनेट बैंकिंगबाट क्षणभरमै एक बैंकबाट अर्काे बैंकमा पैंसा पठाए झैं एनबैंकबाट पनि जुनसुकै देशबाट एकछिनमै नेपालमा नबिल बैंकमा या एनबैंकमा खाता भएको व्यक्तिको खातामा पैसा पठाउन सकिन्छ।

यसका लागि रेमिट्यान्स पठाउने व्यक्तिले एनबैंकमा अकाउन्टसमेत बनाउन पर्दैन । 

नेपालमा रेमिट्यान्स पठाउन चाहने व्यक्तिले एनबैंक एप डाउनलोड गरेर एनरेमिट भन्ने अप्सनमा गएर पाउनेको विवरण र पठाउनेको विवरण राखेर मास्टरकार्ड वा भिसा कार्डको विवरण राखेर एक पटकमा १ सय देखि ५ हजार डलरसम्म रेमिट्यान्स पठाउन सक्नेछन् ।

एनबैंकबाट रेमिट्यान्स पठाउन पठाउने व्यक्तिसँग मास्टरकार्ड वा भिसा कार्ड र पाउने व्यक्तिको खाता एनबैंक वा नबिल बैंकमा हुनुपर्नेछ । रेमिट्यान्स पाउने व्यक्तिको खाता नभए पनि एनबैंकबाट एक छिनमै भर्चुअलरुपमा खाता खोल्न सकिन्छ ।

यसरी विश्वको जुनसुकै कुनामा नेपाली बैंकको सेवा लिन सकिने र नेपालभित्रै अनलाइन बैंकिंग गरेझैं एनबैंकबाट रेमिट्यान्स पठाउन सकिन्छ ।

बैङ्किङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरु गर्‍यो एन बैङ्क

अन्य सेवा 

खाता खोल्ने, डेबिट/क्रेडिट कार्ड झिक्ने, कार्ड नविकरण गर्नेजस्ता सामान्य कामका लागि बैंक धाएर घण्टौं व्यतित गर्नुपर्ने झण्झट हटाउँदै एनबैंकले यीसबै कामहरु जहाँसुकैबाट भर्चुअलरुपमा गर्न सकिने बनाएको छ।

प्रविधिको द्रूत विकाससँगै हरेक क्षेत्रमा नवपरिवर्तन भइरहेको छ। नबिल बैंकले यसरी मानिसहरु जहाँसुकै बसेर बैंकिंग सम्बन्धीका सम्पूर्ण सेवाहरु भर्चुअल रुपमा लिन सकिने गरी एनबैंकको शुरुआत गरेको जनाएको छ।

  • जहाँसुकै ठाउँमा बसेर ३० सेकेण्डमै एनबचत खाता खोल्न सकिने।
  • खाता खोलेपछि केवाईसी भेरिफाइसँगै पैसा पाउने/पठाउने, रेमिट्यान्स प्राप्त गर्ने, कार्डका लागि निवेदन दिनसक्नेदेखि ऋणसमेत निकाल्न सकिने। (नबिल फोनलोन पछिल्लो ६ महिनाको कारोबार अनुसार पाउन सकिन्छ भने अर्काे फिक्स डिपोजिटको ऋण निकाल्न सकिन्छ।)
  • जुनसुकै देशकाे बैंकबाट मास्टर कार्ड / भिसा कार्ड प्रयोग गरेर एकछिनमै नेपालमा रेमिट्यान्स पठाउन सकिने।
  • जुनसुकै देशमा बसे पनि त्यहाँकै फोन नम्बरबाट खाता खोल्न सकिने।
  • सातै दिन चौबीसै घण्टा 'कस्टुमर केयर' र केवाईसी भेरिफाइ सेवा, आदि।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ