- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरामा दोस्रो मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन गल्र्स र ब्वाइजतर्फ १३ वटा सिंगल्सका पहिलो चरणका इभेन्टहरु भएको टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलले जानकारी दिए ।
प्रतियोगिताको पहिलो दिन यू-१४ ब्वाइजतर्फ स्पर्श तिमिल्सिना, शास्वत बज्रचार्य, दर्शिल श्रेष्ठ विजयी भएका छन् । निशाद जोशीले स्पर्शलाई वाक ओभर दिएका थिए भने अदित नेपालले दर्शिललाई वाक ओभर दिएका थिए ।
शास्वतले सन्दिप बिकलाई ६-०, ६-२ को सोझो सेटमा पाखा लगाए । त्यसै गरी व्रिजेश अर्याल र सृजन भट्टराईसमेत सोही उमेर समूहबाट आ–आफ्नो खेल जित्दै विजेता बने ।
यता, गल्र्स यू-१४ को खेलमा शिभाली गुरुङले समृद्धि महर्जनलाई ६-४, ६-३ ले स्वस्तिका विष्टले करमिष्ठा श्रेष्ठलाई ६-०, ६-० ले पराजित गर्दा यू-१६ गल्र्सतर्फ सुनिरा थापाले समृद्धि महर्जनलाई ६-०, ६-१ ले, स्वस्तिका विष्टले करमिष्ठा श्रेष्ठलाई ६-९, ६-३ ले पराजित गरेका छन् ।
यस्तै, यू-१० गल्र्सतर्फ शाल्भी शेरचनले सुवर्ण गुरुङलाई ६-१, ६-० ले पराजित गरेको आयोजकले जनाएको छ । यू-१२ गल्र्समा शाल्भी शेरचनले आरुषी तुलाचनलाई ६-२, ६-० ले पाखा लगाइन् । त्यस्तै शिभालीले केजिया शाक्यलाई ६-०, ६-० को सोझो सेटमा पराजित गरिन् ।
कुल १४ वटा इभेन्टमा ३७ जना खेलाडीहरुको सहभागिता रहेको छ भने प्रतियोगितामा गल्र्सतर्फ १५ र ब्वाइजतर्फ २२ खेलाडीहरुको सहभागिता रहेकामध्ये पोखराका ८ तथा अन्य खेलाडी पोखरा बाहिरका रहेको पौडेलले बताए ।
प्रतियोगितामा यू-८, यू-९, यू-१०, यू-१२, यू-१४ र यू-१६ ब्वाइज तथा गर्ल्स सिंगल्सका साथै ओपन ब्वाईज तथा गर्ल्स डबल्स गरी विभिन्न १४ ईभेन्टमा प्रतिस्पर्धा भइरहेको छ ।