arrow

शेयरले पत्याउन छाड्यो अर्थमन्त्री पौडेललाई  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
share-market2.jpg
तस्बिर – फाइल ।

काठमाडौं । मंगलबार शेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचकमा ३.०३ अंकले ओरालो लागेर २०६१.०६ विन्दुमा आएर बजार बन्द भएको छ । मंगलबार ०.१५ प्रतिशतले शेयर बजार घटेको हो ।

शेयर बजार घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ । २५७ कम्पनीको कारोबार हुँदा ८२ लाख २२ हजार ८३३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४५ करोडभन्दा बढीको कारोबार  भएको छ ।

हिमालय डिस्टिलरीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको ४२ करोडभन्दा बढीको शेयर बिक्री भएको छ । साथै एनआईसी एसिया बैंकको ९ करोडभन्दा बढीको शेयर बिक्री भएको छ ।  

स्वेत गंगा हाइड्रोपावर र धौलागिरि लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । खप्तड लघुवित्त र अजोड बिमाको ९.९९ प्रतिशतले मूल्य वृद्धि भएको हो । 

कुल १०७ कम्पनीमा उकलो लागेको छ भने १०२ कम्पनीमा ओरालो लागेको छ । साथै ३ कम्पनी स्थीर रहेको छ ।  १३ उपसूचकहरूमध्ये ४ कम्पनी उकालो लागेको छ । बाँकी सबै उपसूचकहरु राताम्मै भएको छ । 

पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेपछि र अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल आएपछि एकाएक बढेको शेयर बजारले अब भने प्रचण्ड र पौडेललाई पत्याउन छाडेको छ । 

यसअघि एमालेका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा आएपछि शेयर एकाएक बिग्रिएको थियो । त्यसयता शेयर बजार अस्थिर बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ