arrow

ललितपुरका दिनेश पोखरामा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
pakrau-jail.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १८ सेदी बस्ने ४७ वर्षका दिनेश खड्गी रहेका छन् ।

खड्की लागू औषध मुद्दामा कास्की जिल्ला अदालतको २०७९ जेठ १९ गतेको फैसलापछि फरार रहेका थिए ।

उनी विरुद्ध २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना सजाय फैसला भएको थियो । 

पक्राउ परेका उनलाई अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ