arrow

बालेनले हाले निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २० बुधबार
Balen.jpg

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनिधिलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

प्रमुख साह सर्वोच्च अदालतमा आफै उपस्थित भएर उक्त रिट निवेदन दायर गरेका हुन् । स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गर्दै आयोगले प्रमख साहसहित अन्य उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध साहले मंगलबार रिट निवेदन दायर गरेका हुन् ।

रिट निवेदनमा कानुनले तोकेको अवधिभित्रै गत असार १२ गते निर्वाचन आयोगमा खर्च विवरण पेश गरेको र परिणाम घोषणा भएको मितिले ३० दिनभित्र  खर्चको विवरण पेश गर्नुपर्नेमा ३०औँ दिनमा सार्वजनिक विदा परेकाले त्यसको भोलिपल्ट पेश गरेको उल्लेख छ । 

साहले आफूले समयमै निर्वाचन खर्च विवरण बुझाउँदा पनि रु सात लाख ५० हजार जरिवाना तिर्न लगाउने, स्थानीय निर्वाचनमा भाग लिने देशभरका एक लाख २३ हजार उम्मेदवारलाई एकमुष्ट जरिवाना गर्ने, छ महिनाभित्र नबुझाए छ वर्षसम्म कुनै निर्वाचनमा भाग लिन नपाउने र निर्वाचित भए पदमुक्त हुने भनी आयोगको गरेको निर्णय बदर गर्न रिट निवेदनमा माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ