arrow

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो, संसदीय दलको २३ गते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २० बुधबार
congress-party-office-final.jpg

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।  

२२ पुसमा बस्ने तय भएको बैठक सरेर  पुस २८ गते बस्ने भएको छ । 

बैठक अपरान्ह १ बजे बस्ने निश्चित गरिएको छ ।

त्यस्तै कांग्रेस संसदीय दलको बैठक २३ पुसमा बस्ने भएको छ ।  

बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा अपरान्ह १ बजे बस्नेछ । 

प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते प्रारम्भ हुने मिति दृष्टिगत गर्दै नेपाली कांग्रेस संसदीय दलको बैठक २३ पुसमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ