arrow

परिचालन समितिको बैठक बस्यो, प्रतिवेदन कार्यसमितिमा गोपालमानले प्रस्तुत गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २० बुधबार
gopalman-new-FNL.JPG.jpeg

काठमाडौँ ।  नेपाली कांग्रेस केन्द्रीय परिचालन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ ।  

समितिका संयोजक गोपालमान श्रेष्ठको संयोजकत्वमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन -२०७९ का सन्दर्भमा गठित विभिन्न उपसमितिहरूको बैठक बसेको हो । 

बैठकमा गठित उपसमितिका संयोजकहरूले आ-आफ्नो समितिको प्रतिवेदन पेश गरेका छन् ।  

उक्त प्रतिवेदनहरूलाई आगामी बस्ने केन्द्रीय कार्यसमितिमा समितिका संयोजक  श्रेष्ठले प्रस्तुत गर्नेछन्। 

आजको बैठकमा केन्द्रीय सदस्यहरू जीपछिरिङ्ग लामा, आनन्दप्रसाद ढुङ्गाना, मीन विश्वकर्मा, गोविन्द भट्टराई, सरिता प्रसाईँ, रमा कोइराला पौडेल, चन्द्रबहादुर के.सी., मञ्जु खाँण, हरिशरण नेपाली, जानकी सिंह, कान्तिका सैंजुवालले विचार राखेका थिए । 

साथै पूर्व केन्द्रीय सदस्य किरण गिरी र अनुगमन तथा सुपरिवेक्षण उपसमितिका सहसंयोजक डा. कृष्णप्रसाद पौडेलले आ-आफ्नो धारणा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ