arrow

प्रचण्डको सरकार बनेपछि इतर समूहको दोस्रो बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २१ बिहिबार
congress-shekhar-gagan samuha.jpg

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतरका नेताहरूको बैठक आज बस्ने भएको छ ।

 एमाले र माओवादी सहितको गठबन्धनको सरकार बनेपछि इतर समूहको दोस्रो बैठक आज बस्न लागेको हो । 

यस अघि नयाँ सरकार गठनपछि पुस १३ गते इतरका नेताहरू बैठकमा बसेका थिए । 

उक्त भेलामा कांग्रेस सभापति शेरबहादुर देउवाले देखाएको अक्षमता सम्बन्धमा गम्भीर छलफल भएको थियो । 

कांग्रेस संसदीय दलको बैठक पुस २३ र केन्द्रीय कार्यसमितिको पुस २८ गते बस्दै छ । 

केन्द्रीय कार्यसमितिको २२ पुसमा बस्ने तय भएको बैठक सरेर पुस २८ गते बस्ने भएपछि थप गृहकार्यमा इतर समूहका नेता जुटेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ