arrow

पाल्पामा बस दुर्घटना : छ जनाको मृत्यु, खुर्साने गाउँ शोकमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
accident-final.jpg

काठमाडौं । पाल्पामा गए राति बस दुर्घटना भएको छ । रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेतर्फ जाँदै गरेको बस रैनादेवी छहरा गाउँपालिकामा राति दुर्घटनामा परेको हो । 

ग १ ख ४९७७ नम्बरको बस दुर्घटनामा खुर्साने गाउँका ६ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ११ वर्षीया सुरुमा घिमिरे, १९ वर्षीया विमा पाण्डेय, २१ वर्षीया दानकुमारी खत्री, ३३ वर्षीया निर्मला घिमिरे, ४५ वर्षीया गुनी गाहा र ५४ वर्षीया खेमकुमारी रानाको मृत्यु भएको हो । 

दुर्घटनासँगै खुर्साने गाउँ शोकमा डुबेको छ ।

साथै दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेको उद्धार गरि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बस सडकबाट ६० मिटर तल भीरमा खसेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ