arrow

लड्न चाहन्छ युक्रेन, अर्थोडक्स क्रिसमसको अवसरमा पुटिनले घोषणा गरेको युद्धबिराम मानेन

अर्थोडक्स क्रिसमसको अवसरमा पुटिनले घोषणा गरेको युद्धबिराम युक्रेनद्वारा अस्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
zelensky-biden-putin.jpg

काठमाडौं। जनवरी ७ मा अर्थोडक्स क्रिसमसको अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ६ डिसेम्बर अर्थात् शुक्रबार स्थानीय समय अनुसार १२ बजेदेखि लागु हुने गरी ३६ घण्टाका लागि घोषणा गरेको युद्धविराम युक्रेनले भने अस्वीकार गरेको छ।

पुटिनले आफ्ना रक्षामन्त्रीलाई युक्रेनी फ्रन्टलाइनमा शुक्रबारदेखि ३६ घण्टाको युद्धविराम लगाउन आदेश दिएका हुन्।

पुटिनले युक्रेनलाई पनि ३६ घण्टाका लागि युद्धबिराम गर्न आग्रह गरेका थिए तर, कीभले भने यो अनुरोध तुरुन्तै अस्वीकार गरेको छ।

पुटिनले गरे युक्रेनमा आक्रमण नगर्ने घोषणा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराम आफ्नो देशको सैन्य प्रगति रोक्ने प्रयास भएको टिप्पणी गरेका छन् ।

क्रेमलिनको वक्तव्यले अर्थोडक्स चर्चका प्रमुखको अपील अनुसार पुटिनले यस्तो आदेश दिएको देखिन्छ ।

रुसी पादरीहरुका प्रमुख किरिल वा सिरिलले दिनको सुरुवातमै विश्वासीहरूलाई अर्थोडक्स क्रिसमसको लागि चर्चमा उपस्थित हुन अनुमति दिन क्रिसमस युद्धविरामको लागि आह्वान गरेका थिए। 

रूसी अर्थोडक्स चर्चले जुलियन क्यालेन्डर अनुसार जनवरी ७ मा क्रिसमस डे मनाउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ