arrow

ग्लोबल आईएमई र बीओके मर्ज : पुस २५ देखि ग्लोबलकै नामबाट कारोबार, शनिवार र आइतबार सबै सेवा बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
global-ime-bank-bok.jpg

काठमाडौँ। ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाडाण्डू (बीओके) मर्ज (गाभ्ने/गाभिने) प्रक्रिया पूर्ण रूपमा सफल भएको छ। नेपाल राष्ट्र बैङ्क, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिस्टारको कार्यालयले ग्लोबल आईएमई र बैङ्क अफ काठमाण्डू(बीओके)लाई मर्जरका लागि अन्तिम स्वीकृति दिएसँगै यी दुवै बैङ्क मर्ज भएका हुन्।

ग्लोबल आईएमई र बैङ्क अफ काठमाण्डू १:१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा गएका हुन् भने, राष्ट्र बैङ्कको पुस १४ गतेको सञ्चालक समितिको बैठकले मर्जरको अन्तिम स्वीकृति दिएको हो।

यससँगै अब, बीओके र ग्लोबल आईएमई बैङ्कका सबै कारोबार यहीँ पुस २५ गते सोमबारदेखि ग्लोबल आईएमई बैङ्ककै नामबाट हुने दुवै बैङ्कहरूले एक सूचना जारी गर्दै जानकारी दिएका छन्।

दुवै बैङ्कको कारोबार ग्लोबल आईएमईकै नामबाट हुने हुँदा यसका लागि आवश्यक डाटा माइग्रेसका लागि पुस २३ भोलि शनिवार र पुस २४ पर्सी आइतबार दुवै बैङ्कका सम्पूर्ण बैङ्किङ कारोबार बन्द रहने भएको छ।

यस अवधिमा ग्लोबल आईएमईका ग्राहकहरूले मोबाइल-इन्टरनेट, डेबिट क्रेडिट, एटिएम र एजेन्टमार्फत हुने रेमिट्यान्सको सेवा भने यथावत् हुने बैङ्कको जारी सूचना भनिएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ