arrow

आहा रारा पोखरा गोल्डकपको उपाधि संकटालाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २३ शनिबार
sankata club.jpg

पोखरा । यस वर्षको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल प्रतिस्पर्धामा भुटानी युथ स्पोर्ट्स क्लब (बीवाईएससी) लाई ३-२ गोल अन्तरले हराउँदै संकटाले उपाधि जितेको हो । 

खेलको निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा सङ्कटाले थप एक गोल गर्दै खेलमा बाजी मार्यो । कप्तान सुनिल बलले निर्णायक गोल गर्दै संकटालाई उपाधि जिताए । खेलको शुरुआतमै २-० गोलको अग्रता बनाएको सङ्कटाले पहिलो हाफमै उक्त अग्रता जोगाउन सकेन । 

खेलको आठौं मिनेटमा नै सुरजज्यु ठकुरीले गोल गर्दै सङ्कटालाई अग्रता दिलाए । यस्तै, खेलको ३५औँ मिनेटमा मेसुके ओलोमोउले गोल गर्दै संकटाको अग्रता दोब्बर बनाए । 

खेलको ३५ मिनेटमा नै २-० गोलले पछि परेको खेलमा ३७औँ भुटनिज युथका मिनेटमा रिनी सान्तिलोनले गोल गरेपछि खेल २-१ गोलको स्थितमा आएको थियो । यस्तै, इन्जुरी समयमा विल ग्रिफिथले भुटनिज युथलाई २-२ को बराबरीमा ल्याए । 

खेलको दोस्रो हाफमा कुनै टोलीबाट थप गोल हुन सकेन । त्उपछि खेल अतिरिक्त समयमा धकेलिएपछि ११७ औँ मिनेटमा कप्तान सुनिल बलले गोल गर्दै सङ्कटालाई ३-२ को रोमाञ्चक जित दिलाए । 

विजेता संकटाले नगद १२ लाख रुपैयाँ र उपविजेता भुटानी युथ स्पोर्ट्स क्लब (बीवाइएससी) ले ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो । 

प्रतियोगितामा संकटाका सुनिल बल सर्वोत्कृष्ट खेलाडी बन्दै इलेक्ट्रिक स्कूटर प्राप्त गरे । सर्वाधिक गोलकर्ताको पुरस्कार संकटाकै मेसुकेले भए । संकटाका गोलकिपर टिकेन्द्रसिंह थापा उत्कृष्ट गोलकिपर घोषित भए । यसैगरी उत्कृष्ट डिफेण्ड भुटनिजका हेक्टर ओर्टेगा भए ।

बेष्ट मिडफिल्ड संकटाका आयुष घालान बने । उत्कृष्ट स्ट्राईकरको पुरस्कार भने स्टेफन विनोङलाई प्रदान गरियो । उत्कृष्ट प्रशिक्षक संकटाका प्रशिक्षक सल्यान खड्गी बने ।



नयाँ