arrow

सर्वोच्च बारमा लोकतन्त्रवादी समूहको नेतृत्व, हरिले हराए तुलसीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २३ शनिबार
supreme-court-long.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनमा लोकतन्त्रवादी समूहले नेतृत्व लिएको छ । एसोसिएसनको शनिबार सम्पन्न निर्वाचनमा लोकतन्त्रवादी समूहले वर्चश्व कायम गरेको हो । अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौला विजयी भएका छन् ।

निरौलाले २८९ मत ल्याउँदा अध्यक्षका प्रतिस्पर्धी प्रगतिशील गठबन्धनका वरिष्ठ अधिवक्ता तुलसी भट्टले २७५ मत ल्याए । निरौला १४ मतले विजयी भएका हुन् ।

त्यस्तै उपाध्यक्ष, सहसचिवसहित लोकतन्त्रवादी समूहले वर्चश्व राखेको हो । सचिव र कोषाध्यक्ष भने प्रगतिशील समूहले जितेको छ ।

उपाध्यक्षमा जगदीशचन्द्र पाण्डे, सचिवमा श्यामकुमार खत्री, सहसचिवमा सुजन लोप्चन र कोषाध्यक्षमा कपिलचन्द्र पोखरेल विजयी भएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ