arrow

बालुवाटारमा सत्ता साझेदार दलको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २४ आइतबार
prachanda-gathabandhan-oli-lingden-ravi.jpg

काठमाडौं । आज सत्ता साझेदार दलको बैठक बस्दै छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक बस्न लागेको हो । 

प्रदेश सरकार गठनका लागि बैठक बोलाइएको बताइएको छ । बैठकले प्रदेशमा मुख्यमन्त्रीहरूको भागबन्डा मिलाउनेछ । प्रदेशका मुख्यमन्त्री, सभामुखसहित अन्य बाँडफाँड बैठकले गर्नेछ । बैठकको समयका बारेमा भने केही खुलाइएको छैन ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ सात दलसहित तीन स्वतन्त्र उम्मेदवारको समर्थनमा प्रधानमन्त्री बनेका छन् । प्रचण्डलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ। 

 प्रचण्डलाई मुख्य समर्थन नेकपा एमालेको रहेको छ । त्यसैले सबै प्रदेशमा एमाले अध्यक्ष केपी ओली शर्मा निकट नेताहरूले मुख्यमन्त्री पाउने सम्भावना बलियो रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ