arrow

जबरजस्ती करणी मुद्दामा फरार ७६ वर्षीय तिवारी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २४ आइतबार
Taranath tiwari.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले जबरजस्ती करणी मुद्दामा १९ वर्ष कैद सजाय तोकिएपछि फरार भएका एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.२८ माझठानाका वर्ष ७१ का तारानाथ तिवारी रहेका छन् । उनीमाथि पोखराकी अपाङ्गता रहेकी एक नाबालिकालाई २०७६ साउन ७ गते जबरजस्ती करणी गरेको आरोप छ । 

उक्त घटनाको अनुसन्धानको क्रममा तत्काल पक्राउ गरी अनुसन्धान पूरा गरेर अदालतमा पेश गर्दा उनी पुर्पक्षका लागि कारागार चलान भएका थिए । त्यसपछि कास्की जिल्ला अदालतले उनलाई २०७६ असोज २७ गते सफाई दिएको थियो ।

सो फैसला उल्ट्याउँदै उच्च अदालतले २०७९ वैशाख १४ गते उनलाई १९ वर्ष ३ महिना कैद, १० हजार रुपैयाँ  जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो । 

उच्च अदालतको फैसलासंगै उनी फरार रहेको र खोजतलास गर्दै जाँदा २०७९ पुस २२ गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । 

पक्राउ परेका तिवारीलाई कैद, दण्ड, जरिवाना भुक्तानीका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराएर कैद भुक्तानका लागि कारागार पठाएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ