arrow

मेरो दलका सांसद कुनै अनियमिततामा सहभागी हुने छैनन्: गृहमन्त्री लामिछाने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
rabi-lamichhane-rsp-parliament-home-minister.jpg

काठमाडौं । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख दुई र्शीष दलका नेताहरुले गरेको प्रतिबद्धता नै आफ्नो सरकारमा आउनुको कारण रहेको बताएका छन् । उनले नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षलाई संकेत गर्दै देश हितका लागि यस पटक काम गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धतापछि नै आफूहरु सरकारमा सहभागी भएको बताएका छन् ।

सोमबार संसदको पहिलो अधिवेशनमा बोल्दै गृहमन्त्री लामिछानेले आफ्नो दलका कुनै पनि सांसदहरु कुनै पनि किसिमको अनियमिततामा संलग्न नहुने प्रतिबद्धता एवं बाचासमेत गरेका छन् ।

संसदमा गृहमन्त्री लामिछानेले भनेका छन्, 'हामीलाई यहाँसम्म ल्याई पुर्याउने ज्ञात अज्ञात शहीदहरुप्रति हार्दिकश्र द्धाञ्जी अपर्ण गर्न चाहन्छु । यो संसदमा हाम्रो पार्टीकोतर्फबाट हाम्रो पहिलो उपस्थिति हो । यो रोस्टर पटक पटक नेपाली जनताको विकास र नेपाली इतिहासको साची बन्ने प्रयत्नमा खडा भएर बसेको हो । यहाँ आउने पात्रहरुले इतिहासमा कति न्याय गरे गरेनन् भन्ने कुराको निर्मम समीक्षा पनि अब गर्न ढिला गर्नु हुँदैन भन्ने हामीलाई लागेको छ ।

यो गरिमामय संसदमा उपस्थित हुन सक्ने हैसियत प्रदान गर्न हुने देशभरीका हाम्रा सम्पूर्ण मतदाताहरुलाई विशेष धन्यवाद दिन चाहन्छु । यो जिम्मेवारी दिएर यहाँहरुले पठाइदिनु भएकोमा । एउटा विशेष धन्यवाद हाम्रो दललाई देशकै सबैभदा बढी मतान्तरमा विजयी गराउने चितवनमा २ का सम्पूर्ण मतदातालाई पनि यसै अवसरमा धन्यवाद दिन चाहन्छु ।

पार्टीका रुपमा एउटा नयाँ पार्टीको उदय नेपालको राजनीतिको इतिहासमा त्यति ठूलो कुरा नहोला । तर, जुन समयावधि भित्र हामीले विश्वास प्राप्त गरेका छौं त्यो विश्वास एउटा दललाई अथवा त्यस दलका कुनै उम्मेदवारलाई कसैले दिएको मत मात्र हैन् । यो मुलुकमा अब परिवर्तन आवश्यक छ भनेर बजाएको घण्टीको ध्वनी हो । यो ध्वनीलाई यो सम्मानित संसदले सुन्ने र सिंगो देशले सुन्ने छ र यो संसदले नेपाली जनताको हित र मुलुकको हितका लागि सदुपयोग गर्ने छ भन्ने कुरा म विश्वास राख्न चाहन्छु ।

हामीलाई लाग्ने गरेको एउटा स्यावासीसँगै लाञ्छना भनौं या शंका भनौं, तपाईहरुले पाएको मत निराशाको मत हो भन्नु भएको छ । तर मयसलाई नेपाली जनताले दिनु भएको आशाको मत हो भन्न चाहन्छु । यो आशाको मत केवल हाम्रो दलका लागि मात्र हैन्, यो आशाको मत सम्पूर्ण राजनीतिक दलमाथि पनि गरिएको आशाको मत हो ।  नेपाली जनताले यस पटक जानेर नजानेर असाध्यै राम्रोसँग मतदान गरेको हामीले पाएका छौं । 

हामी जस्ता नयाँ राजनीतिक दललाई पनि नमात्तिने गरी त्यति संख्यामा मत दिएका छन् र पूराना राजनीतिक दललाई अब त सच्चिनु पर्छ है भन्ने गरी घटाइ दिनु भएको छ । यसर्थमा पनि यसचेत गराउने गरी आएको यो मतलाई हामीले स्वागत गर्नुपर्छ।

यस पटक आम नेपाली जनताले जस्तो जनमत दिनु भएको छ त्यसै अनुसारको सरकार बनेको छ । लामो समयदेखि मुलुक प्रतिपक्ष विहिन भएको कुरा हामीले चुनाव अगाडि उठाउँदै कुरा आएको हो । प्रतिपक्ष विहीन भयो सरकार भन्ने तर, मौका पाउँदा सरकारमा गईहाल्ने  प्रश्न पनि उब्जिएको छ ।

यस पटक नेपाली नागरिकले दिएको मत त्यसलाई साझा न्युनतम कार्यक्रममार्फत सम्बोधन गर्ने गरी जसरी सरकार बनेको छ त्यो नै जनतमतको सच्चा कदर हो र त्यो नै जनमतको सम्मान हो भनन्ने मैले ठानेको छु  । न्युनमत साझा कार्यक्रम मार्फत हामीले कम्तिमा जनजीवीकाका सवालमा निर्मम भएर अघि बढ्ने जुन बाँचा गरेका छौं । त्यसलाई इमान्दारी पूर्वक हामीले सम्पन्न गर्न सक्यौं भने जनताले महसुस गर्ने गरी परिवर्तन् यो देशमा आउने छभन्नेमा हामी निर्धक्क भएका छौं । र यो न्युनतम साझा कार्यक्रमले जनजीवीका सवालमा खरो भएर काम गर्नेछ ।

संसद प्रतिपक्षको हो । प्रतिपक्षले रचनात्मकरुपमा सुझाव सल्लाह दिन सकेको खण्डठमा सरकारले त्यो खबरदारीलाई आत्मसात गर्दै जनताको चाहना अनुरुपको काम गर्न अगाडि बढ्दछ । म यो अपेक्षा पनि गर्दछु की प्रतिपक्षबाट अड्काउने हैन सघाउने काम हुनेछ भन्ने पनि म आशा गर्न चाहन्छु ।

कुनै पनि दिन तपाईहरुले हामीलाई साथ दिएका कारण हाम्रा सांसदहरुलाई मत दिएका कारण तपाईहरुले शीर झुकाउनु पर्ने छैन् । मेरो दलका कुनै पनि सांसदहरुले कुनै पनि किसिमको अनियमिततमा आफ्नो सहभागी गराउने छैनन्, यो वाचा र यो जिम्मेवारी यो गरिमामय संसदको यो गरिमामय रोस्टममा उभिएर छाति मा हात राखेर गर्न चाहन्छु यो काम हामी कुनै पनि किसिमका अनियमिताको काम हामीबाट हुने छैन्, भएको खण्डमा निर्मम भन्दा निर्मम सजाय लिनका तयार भएको बाचा आज पहिलो दिनमा यहाँ छातिमा हात राखेर मैले गर्न चाहेको छु ।

कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी जनताले महसुस गर्ने गरी काम गर्न हामी प्रतिबद्ध छौं, कटिबद्ध छौं भनेर जुन विश्वास दुई शीर्ष नेताज्युहरुले गर्नु भएको छ त्यो विश्वासमा हामी अडिएका छौं, त्यो विश्वास एक दलले अर्काे दलले गरेको हिसाब मात्र हैन्,  यो हिसाब सरकार बनाउन संख्या बनाउन जोडिएको हिसाब मात्र हैन्, यो हिसाब नेपाली जनताले खोज्ने छन् र यो हिसाब नेपाली जनतालाई बुझाउनुको निमित्त यस पटक कुनै कसर बाँकी राख्ने छैनौं भनेर शीर्ष नेताज्युबाट जुन बचन बद्धता आएको छ । मविश्वस्त छु यो बचनबद्धताले काम गर्नेछ र नेपाली नागरिकले महसुस गथर्नसक्ने गरी सरकार अघि बढ्ने छ । यस अर्थमा हाम्रो सहभागीता सरकारमा रहेको छ ।

र हाम्रोतर्फबाट कुनै कमीकमजोरी यो प्रतिबद्धतामा आएमा सरकारमा या पदमा लोभमा टाँसिरहने छैनौं यो प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु । हामी कर्तब्यपूरा गर्ने शीलशीलामा कहीँ कतै चुक्यौं भने, पद र कुर्सीको लोभमा झुम्मिने छैनौं । यसमा यहाँहरु निर्धक्क हुनु होला ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ