arrow

प्रचण्डले विश्वासको मत लिन राप्रपाको माग पूरा गरे, २७ पुसमा सार्वजनिक बिदा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
prachanda-cabinet-2079-09-25.jpg

काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक बिदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक बिदा दिने उल्लेख थियो । उक्त न्यूनतम साझा कार्यक्रमलाई पनि सोमबारकै मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदै गर्दा त्यसअघि नै राप्रपाका माग पूरा गर्दै पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ