arrow

विश्वासको मतको टुङ्गो लगाउन कांग्रेस जुट्यो बैठकमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
nepali-congress-flag.jpg

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको  मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ । 

केही समय अघि संसद् भवनको ल्होत्से भवनमा शुरु भएको कार्यसम्पादन समितिको बैठकले सरकारलाई मत  दिने वा नदिने भन्ने टुङ्गो लगाउनेछ । 

प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी कांग्रेससँग पनि विश्वासको मत मागेका छन् । 

सोमबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरी प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

कांग्रेस भित्र प्रधानमन्त्रीलाई विश्वासको मत दिन नहुने भन्दै महामन्त्री द्वयले धारणा राख्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ