arrow

प्रतिपक्षमा रहने गरी सरकारलाई समर्थन गर्ने कांग्रेसको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
congress-parliamentary-meet-.jpg

काठमाडौं ।  नेपाली कांग्रेसले प्रतिपक्षमा रहने गरि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।  कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई प्रतिपक्षमा रहने गरी समर्थन गर्ने  निर्णय गरेको हो । 

संसद् भवनको ल्होत्से भवनमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रचण्ड सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो  । तर  कांग्रेस सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने भएको छ । 

 कार्यसम्पादनको उक्त निर्णयलाई संसदीय दलको बैठकमा सुनाइने छ । अन्तिम निर्णय संसदीय दलको बैठकबाट गरिने नेताहरूले बताएका छन्।

हिजो प्रधानमन्त्री दाहालले धुम्बराही पुगेर कांग्रेस सभापति शेरबाहादुर देउवासँग विश्वासको मत मागेका थिए । 



नयाँ