arrow

नेपाल राष्ट्र बैङ्कको सञ्चालक समिति सदस्यका रूपमा सचिव रायको शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २८ बिहिबार
nepal-rastra-bank-panorama-nrb-2022.jpg

काठमाडौं। अर्थ मन्त्रालयका सचिव तोयम रायले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल राष्ट्र बैङ्क सञ्चालक समिति सदस्यका रूपमा शपथ लिएका छन् ।

सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव उक्त बैङ्क सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैङ्कका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, रजिष्ट्रारद्वय नारायणप्रसाद पन्थी र निर्मला पौडेल, सहरजिष्ट्रार नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैङ्कका निर्देशक एवं सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायत अधिकारीको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ