arrow

चोरी आरोपमा राजु र गणेश पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २८ बिहिबार
raju-ganesh.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १ कसेरी बस्ने वर्ष २४ का राजु गुरुङ र पोखरा-१६ लामाचौर बस्ने वर्ष ३० का गणेशकुमार राई रहेका छन् ।

प्रहरीका अनुसार बुधबार राति करिब १० बजे पोखरा महानगरपालिका वडा नं.२५ हेम्जा बडहरेस्थित अर्जुन थापाको बन्दै गरेको घर निर्माणमा प्रयोग गरिएका फलामको फोल्डिङ टेका, ट्रष्ट पाईप र ट्रष्ट पाईपमा प्रयोग हुने क्ल्याम बोल्ट चोरी भएको थियो । 

चोरी भएको जानकारी प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्दै जाँदा जिल्लामा चोरी भएका समानसहित गुरुङ र राईलाई पक्राउ गरेको हो । 

उनीहरुलाई कास्की जिल्ला अदालतबाट चोरी सम्बन्धी मुद्दामा १० म्याद थप अनुमति लिई अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ