arrow

एनप्याव्सन कास्कीले मनायो स्थापना दिवस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २८ बिहिबार
npabson.jpg

पोखरा । राष्ट्रिय निजी तथा आवसिय विद्यालय एशोसियसन नेपाल कास्कीले (एनप्याव्सन) विविध कार्यक्रम आयोजना गरि २५ औं स्थापना दिवस मनाएको छ ।

२५ औं स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा संस्थामा आवद्ध विद्यालय, २०७८ सालको एसिइइमा एन प्याव्सनमा आवद्ध विद्यालयबाट उत्कृष्ट हुने छात्र छात्रालाई सम्मान तथा नयाँ विद्यालयलाई संस्थामा आवद्ध प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा २०७८ सालको एसईइमा उत्कृष्ट अंक ल्याउने हेम्जा बोर्डिङ स्कूलकी अनिशा दाहाल, बाल प्रतिभा बोर्डिङ स्कूलकी आशिका चपाई र लेखनाथ मेमोरियल इंगलिश बोर्डिङ स्कुलका सुजल भण्डारीलाई नगदसहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

यसैगरी एलपी देवकोटा मेमोरियल स्कुल, सिद्धार्थ लवडेल बोर्डिङ स्कुल, अल्फा एकेडेमी, वीरेन्द्र मेमोरियल बोर्डिङ स्कुललाई सम्मान गरिएको थियो ।

रिलायन्स पब्लिक स्कुल, लेकसिटी एकेडेमी र लेभिन रेसिडेन्टल स्कुललाई सदस्यता प्रमाण पत्र प्रदान गरिएको थियो ।

संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत यस वर्ष मानव सेवा आश्रमलाई एक लाख ११ हजर १११ रुपैयाँ सहयोग गरेको छ । उक्त रकम संस्थाका अध्यक्ष हेमन्त अधिकारीलेले मानव सेवा आश्रम भवन निर्माण समितिका संयोजक विष्णु बराल र अभियान्ता सम्झना बर्तौलालाई हस्तान्तरण गरेका थिए ।

त्यस्तै संस्थाले मृगौला पीडित सागर मेमोरियल स्कुलका छात्र आयुष गुरुङलाई उपचार खर्च स्वरुप ९० हजार ५ रुपैयाँ सहयोग गरेको छ ।

कार्यक्रममा शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्बिकाप्रसाद आचार्यले निजी विद्यालय र सामुदायिक विद्यालयलाई सरकारले समान दृष्टिकोणमा हेर्ने बताए ।

‘निजी विद्यालयले शिक्षाको क्षेत्रमा गरेको योगदानको राष्ट्रले उच्च मूल्याङ्कन गर्नुपर्दछ’ उनले भने, ‘केही समस्या भए समस्या बसेर समाधान गर्नु पर्दछ ।’

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायण प्रसाद सुवेदीले निजी विद्यालयका समस्या राष्ट्रको पनि समस्या भएकोले ती समस्या हल गर्न सधैं तयार रहेको बताए ।

पोखरा महानगर पालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले निजी विद्यालयले शिक्षाको क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको बताए ।

राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका प्रमुख लक्ष्मण देवकोटाले शिक्षालाई शीप र जीविकोपार्जनसँग जोड्न नसकेसम्म विद्यार्थी विदेश पलायन हुने समस्या नरोकिने बताए ।

कार्यक्रममा एनप्याव्सनका केन्द्रीय उपाध्यक्ष याम खड्काले गुणस्तर शिक्षा दिनका लागि एनप्याव्सन सधैं लागि परेको बताए ।

एनप्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एनप्याव्सन गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर मोची, प्याव्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेल, युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङ, एन प्याव्सन कास्कीका द्वितीय उपाध्यक्ष केशवशरण पौडेल, सचिव मनकाजी गुरुङले बोलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ